ad ad

राजनीति


साता लामो विदेश यात्रापछि सभामुखले भने : दलहरूको सहमतिमै संसद् बैठक चल्छ

साता लामो विदेश यात्रापछि सभामुखले भने : दलहरूको सहमतिमै संसद् बैठक चल्छ

नेपालखबर
चैत १६, २०८० शुक्रबार १२:३०, काठमाडौँ

सभामुख देवराज घिमिरेले दलहरूबीचको सहमतिमै संसद् बैठक चल्ने बताएका छन्।

स्विटजरल्यान्डको जेनेभामा भएको अन्तरव्यवस्थापिका संघ (आईपीयू)को महासभामा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूमाझ उनलले यस्तो बताएका हुन्। 

सभामुख घिमिरेले आफू विदेश भएको बेला के-के भयो भन्ने थाहा नभएको बताए।

‘यहाँ के भयो भन्ने कुरा धेरै थाहा छैन। तर सामान्यत: सभामुख जाँदा बैठक रोकिएको हुन्छ, अब हामी आइपुगेका छौँ बैठकहरू चल्छन्’, उनले  भने।

संसदीय क्यालेन्डरअनुसार नै चैत १८ गतेबाट बैठक चल्ने उनले बताए। दलहरूबीच छलफल हुन्छ र सोहीअनुसार हामी अघि बढ्छौँ’, उनले भने।

घिमिरेको नेतृत्वमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवम् प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई भ्रमणमा सहभागी थिए।

भ्रमणमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासे पनि पनि टोलीमा थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .