ad ad

राजनीति


गगनको दाबी : सत्ताले पछ्याउँदै छ, कांग्रेस केही समयमै सरकारमा फर्किन्छ

गगनको दाबी : सत्ताले पछ्याउँदै छ, कांग्रेस केही समयमै सरकारमा फर्किन्छ

तस्बिर : गगन थापाको सचिवालय


नेपालखबर
चैत १६, २०८० शुक्रबार १६:२३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही समयमै आफ्नो पार्टी सरकारमा फर्किने बताएका छन्।

'समुदायमा कांग्रेस अभियान'अन्तर्गत कपिलवस्तुको लबानमा शुक्रबार आयोजित सभालाई सम्बोधनका क्रममा थापाले यस्तो बताएका हुन्।

महामन्त्री थापाले अहिले कांग्रेस सरकारमा नभएको बताउँदै सरकारले केही समयमा कांग्रेसलाई पच्छाइहाल्ने दाबी गरेका छन्।

आफूले निरन्तर पार्टीमा निर्वाचन अघि गठबन्धन गर्न हुन नसक्ने कुरा राख्दै आइरहेको भए पनि त्यसो हुन नसकेको उनले बताए।

सम्बोधनका क्रममा थापाले अहिले कांग्रेसमा क्रियाशील सदस्यता लिने प्रक्रिया अप्ठेरो रहेको बताए। अब त्यो व्यवस्थालाई खुकुलो बनाएर लैजाने पनि उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .