ad ad

राजनीति


नास्तिकता बढाउन भएको अमेरिकी लगानीबारे सरकारले छानबिन गरोस् : कमल थापा

नास्तिकता बढाउन भएको अमेरिकी लगानीबारे सरकारले छानबिन गरोस् : कमल थापा

नेपालखबर
चैत १६, २०८० शुक्रबार १९:३१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भएको बताएका छन्।

यसले सामाजिक सद्भाव र एकता भड्काउने काम गरेकोप्रति उनले चिन्ता प्रकट गरेका छन्।

कार्यकर्ता प्रशिक्षणका क्रममा गृहजिल्ला मकवानपुर पुगेका थापाले सञ्चारकर्मीसँग कुरा गर्दै थापाले अमेरिकी संसद्मा‍समेत नेपालबारे प्रश्न उठेको उल्लेख गरे।

नेपालमा नास्तिकता बढाउन भएको आर्थिक लगानीबारे सरकारले तत्काल छानबिन गरेर कारबाही गर्नुपर्नेमा जोड दिए।

संघीयता, धर्मनिरपेक्ष र गणतन्त्र असफल सावित भएको भन्दै अहिलेको ब्यवस्था र प्रणाली भ्रष्टतन्त्रमा रुपान्तरण भएको थापाले बताए।

उनले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मार्गचित्रले मात्र मुलुक स्थिर र प्रगतितर्फ जाने स्पष्ट पारे।

संघीयताको अनावश्यक भारी देशले थाम्न नसक्ने भन्दै थापाले त्यसलाई खारेज गर्नुपर्ने बताए। 

कार्यनीतिका कारण राप्रपासँगको एकता क्षीण बन्दै गएको भन्दै उनले राप्रपा सत्ताकेन्द्रित मानसिकताबाट ग्रस्त भएको टिप्पणी गरे।

अहिले देशको ब्यवस्था र अवस्था परिवर्तन गर्न आन्दोलन आवश्यक भएको भन्दै थापाले सबै राष्ट्रवादी शक्तिबीच बृहत मोर्चा बन्नु पर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला, माधव खत्री, डम्बर शिवाकोटी, रामसुन्दर विष्ट र श्याम नेपाल लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .