राजनीति


मिटरब्याज पीडितलाई न्याय दिन्छौँ : गृहमन्त्री

मिटरब्याज पीडितलाई न्याय दिन्छौँ : गृहमन्त्री

नेपालखबर
चैत २८, २०८० बुधबार १०:४८, काठमाडौँ

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको मिटरब्याजपीडितसँग जनकपुरमा छलफल गरेका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका गृहमन्त्री लामिछानेले बुधबार बिहान पीडितसँग छलफल गरेका हुन्। 

गृहमन्त्री लामिछानले मिटरब्याज समस्याको दीर्घकालिन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको बताए। उनले जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन आयोगले पुनः माग्ने र घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने विश्वास पनि व्यक्त गरे।

घटना विशेष अध्ययन गरी आयोगले निश्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि उनले मिटरब्याज पीडितलाई आग्रह गरे। छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताविक आफूहरुमाथि भइरहेको धरपकड रोक्न माग गरेका छन्।

उनीहरुले पुरानो आयोगले समय अभावका कारण टुंग्याउन नसकेका निवेदन (जिल्ला प्रहरी कार्यालयलाई बुझाएका निवेदन) नयाँ आयोगलाई हस्तान्तरण गरिनुपर्ने माग पनि गरे।

पुराना निवेदन उपर कारबाही प्रक्रिया अगाडि बढाउने बहानामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छा बेगर जबरजस्ती मिलापत्र गराउने काम भइरहेकोबारे पनि उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

जवाफमा गृहमन्त्री लामिछानेले प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा भेला भएका मधेसका सबै प्रजिअ र प्रहरी प्रमुखलाई आवश्यक निर्देशन दिने आश्वासन दिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .