ad ad

राजनीति


कांग्रेसलाई रास्वपाको प्रस्ताव : एकैठाउँ आइपुग्यौँ, मिलेर ०४७ पछिका फाइल खोलौँ

कांग्रेसलाई रास्वपाको प्रस्ताव : एकैठाउँ आइपुग्यौँ, मिलेर ०४७ पछिका फाइल खोलौँ

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८० बुधबार १३:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका सभापति रवि लामिछानेसहित ०४७ सालपछिका सबै फाइल खोलेर निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आह्वान गरेको छ। 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद मनिष झाले अब दुवै दल एकै ठाउँमा आइपुगेको भन्दै मिलेर काम गर्न आग्रह गरेका हुन्। 

उनले कुनै व्यक्तिमाथि कुण्ठा राखेर नजान आग्रह गर्दै कानुनी र प्रक्रियागत रुपमा अघि बढ्न पनि कांग्रेसलाई आग्रह गरे। 

‘हामीले यहाँ बोल्यौँ, ०४७ पछिको सबै फाइल खोलौँ भनेर। कांग्रसको दुवै महामन्त्रीले सामाजिक सञ्जालमार्फत यसबारे बोल्नुभएको रहेछ। अब हामी एक ठाउँमा आइपुग्यौँ। आउनुस्, ०४७ सालपछिको सबै फाइल खोलौँ,’ सांसद झाले प्रस्ताव गरे। 

सांसद झाले संसद्मा कुनै पनि व्यक्तिमाथि निराधार लाञ्छना लगाउन नपाइनेतर्फ पनि कांग्रेसलाई सचेत गराए।

‘पटक पटक कुनै एउटा व्यक्तिप्रति गरिएको प्रहारप्रति हाम्रो आपत्ति छ। आउनुस्, कानुनी रुपमा जाऊँ। प्रक्रियागत रुपमा जाऊँ। कति कुण्ठा पालेर बस्नुहुन्छ?, यस्तो राजनीति नगरौँ,’ उनले भने।

उनले आफ्ना पार्टीका सभापतिको पनि दोषी देखिए कारबाही हुनुपर्ने भन्दै यसलाई व्यक्तिगत रुपमा नलिनसमेत आग्रह गरे। 

‘मेरो सभापतिको पनि खोल्नुस्। व्यक्तिगत रुपमा नलिऊँ। आउनुस् सँगै काम गरौँ,’ उनले भने। 

पार्टी सभापति रवि लामिछानेबारे उठेका प्रश्नको जवाफ दिइसकेको भन्दै केही प्रायोजित पत्रकारलाई लेख्न लगाएर कुनै निष्कर्ष नभएको विषयमा प्रश्न उठाइएको उनले बताए। 

‘सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमा आएर आफ्नो अभिव्यक्ति दिइसक्नुभयो। चौकीमा कसैले गएर दिइसकेको उजुरी हो, त्यहाँ आफ्नो केही प्रायोजित पत्रकारलाई लेख्न लगाइएको सूचना मात्रै हो। त्यसमा प्रश्न छ, निष्कर्ष छैन,’ सांसद झाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .