ad ad

राजनीति


अदालतले जनतालाई मर्का नपर्नेगरी न्याय निरुपण गर्नुपर्छ : ओली

अदालतले जनतालाई मर्का नपर्नेगरी न्याय निरुपण गर्नुपर्छ : ओली

नेपालखबर
बैशाख १, २०८१ शनिबार १७:२९, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आम जनतालाई मर्का नपर्नेगरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गरेका छन्। 

शनिबार काठमाडौंमा बुढानिलकण्ठ नगर अस्पतालको उद्घाटन समारोहमा बोल्दै उहाँले सो आग्रह गरेका हुन्। 

अध्यक्ष ओलीले जनताको विश्वास घट्ने गरी न्याय निरुपण नगर्दा राम्रो हुनेतर्फ पनि अदालतको ध्यानाकर्षण समेत गराए। 

‘म न्यायालयलाई पनि के आग्रह र अनुरोध गर्न चाहन्छु भने खाली कानूनको पुस्तकमात्रै पल्टाएर न्याय गरिएजस्तो अथवा पर्याप्त सोच विचार विना न्याय गरिएजस्तो जनताको विश्वास घट्नेगरी न्याय निरुपण अदालतले नगर्दाखेरी राम्रो हुन्छ। वास्तविकता यथार्थ बुझेर सबै पक्ष हेरेर आम जनतालाई मर्का नपर्नेगरी गरे हुन्छ,’ उनले भने।

पर्याप्त सोच विचार बिना न्याय गरिएजस्तो जनताको विश्वास घट्ने खालको न्याय निरुपण नगरी अदालतले वास्तविक यथार्थलाई बुझेर न्याय दिनुपर्ने उनको भनाइ थियो। 

‘व्यक्तिका अधिकार पनि सुरक्षित हुनुपर्छ। तर व्यक्तिका अधिकार साँँच्चैको अधिकार हो कि होइन? भन्नेकुरा पनि हेर्नुपर्छ। र व्यक्तिका अधिकारको कुरा गरिरहँदा सार्वजनिक स्थलहरुमा समुदायको हितहरु जोडिन गएभने व्यक्तिका हित गौण हुने गर्दछ। त्यसकारण उचित हित  हो कि होइन? व्यक्तिका ती कुराहरु पनि हामीले हेर्नुपर्छ भन्ने मलाई लाग्छ। अब केही हुँदैन, केही हुँदै भएको छैन भन्ने होइन।’

अध्यक्ष ओलीले व्यक्तिको अधिकार सामुहिक हितको तुलनामा गौण हुने भएकाले न्याय निरुपण गर्दा अदालतले सो विषयलाई पनि गम्भिरतापूर्वक लिनुपर्ने बताए। 

‘यो बीचमा ३ वर्ष यस अघि विकासले गति लिईसकेको ठाउँमा यो ३ वर्ष अर्थतन्त्र ओरोलो लाग्यो। राजनीति अस्थिर भयो। असभ्यता बढ्यो समाजमा। अराजकता बढ्यो समाजमा। के बोल्ने, के नबोल्ने, के गर्ने, के नगर्ने ? जस्ता कुराहरु भएनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .