ad ad

राजनीति


छोरी–चेली र आमाहरू ठमेल आउनसक्ने बनाउँछौं : गृहमन्त्री लामिछाने

छोरी–चेली र आमाहरू ठमेल आउनसक्ने बनाउँछौं : गृहमन्त्री लामिछाने

नेपालखबर
बैशाख १, २०८१ शनिबार १९:५३, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसारभर टमेलको पहिचान थप स्थापित गर्नका लागि २४ सै घन्टा व्यवसाय सञ्चालन गर्ने अभियानको सुरुवात गरेको बताएका छन्। 

शनिबार नयाँ वर्षको अवसर पारेर गृहमन्त्री लामिछानेले यो अभियानको औपचारिक उद्घाटन गरे। 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यो कामले सकारात्मक सन्देश दिने दाबी गरे। 

‘यहाँका व्यवसायी, कर्मचारी, पर्यटन सबैलाई सुरक्षाको पूर्ण प्रत्याभूति गरिन्छ। तर, सफल बनाउन हामी सबैको दायित्व छ। त्यसमा ध्यान दिउँ,’ उनले भने। 

साथै, उनले छोरी–चेली र आमाहरू निर्बाध ठमेल आउने वातावरण बनाउनुपर्ने बताए। 

‘ संसारभर परिचित ठमेलको पहिचान थप स्थापित गर्न पनि यो अभियान सुरु गरेका हौं। जब छोरी–चेली र आमाहरु निर्बाध यहाँ आउने वातावरण बनाउन सकिन्छ तब मात्र यो अभियान सफल हुन्छ,’ उनले भने।

उनले कति राम्रो गर्न सकिन्छ भन्ने थाहा नभएको भन्दै नराम्रो एउटै पनि नगर्ने दाबी गरे। नयाँ दल हुनुको परिचय कामबाटै दिने उनको भनाइ थियो। 

उद्घाटनपछि गृहमन्त्री लामिछाने केहीबेर त्यहाँका ‘स्ट्रिट’ सपहरूमा समेत पुगेका थिए। उनले त्यहाँ केही खानेकुरा पनि खाए।

रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएको छ।

ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई  निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .