राजनीति


उपभोक्ता समितिको बाँकी ८७ करोड चाँडै भुक्तानी हुन्छ : मन्त्री यादव

उपभोक्ता समितिको बाँकी ८७ करोड चाँडै भुक्तानी हुन्छ : मन्त्री यादव

शैलेन्द्र महतो
फागुन ५, २०७६ सोमबार १४:४९,

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले गत आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत भएको विकास निर्माण कामको बाँकी भुक्तानी चाँडै पाउने बताएका छन्।

आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले प्रदेशको सर्वोच्च निकाय प्रदेश सभाले निर्देशनात्मक आदेश गरेको र मन्त्री परिषदको बैठकले समेत भुक्तानी दिने निर्णय गरि सकेको हुँदा भुक्तानी दिन कुनै कानूनी अडचन नरहेको दावी गरे।

गत आर्थिक वर्षको बाँकी भुक्तानीको लागी विभिन्न मन्त्रालयहरुले माग गरेको थप बजेट सम्बन्धमा अर्थ मन्त्रालयले सुनिश्चितताको पत्र पठाइ सकेको र आवश्यक प्रक्रियाहरु पुरा गरि मन्त्रालयले पत्र पठाउने वितिकै अर्थ मन्त्रालयबाट रकम निकास हुने उनको भनाइ छ।

बाँकी रकम भुक्तानीको लागी भौतिक पूर्वाधार विकास मन्त्रालयले ३२ करोड ८८ लाख ७४ हजार २५४, समाजिक विकास मन्त्रालयले २७ करोड ७३ लाख २० हजार ४११, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले १५ करोड ७ लाख ७५ हजार ७१३, र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १ करोड ५८ लाख ९९ हजार ७१५ आर्थिक मामिला तथा योजना मन्त्रालय संग थप रकम मांग गरेको छ।

गत आर्थिक वर्ष २०७५।०७६ मा उपभोक्ता समिति मार्फत भएको ५ सय ९० विकासे योजनाको ८७ करोड रुपैयाँ बढी भुक्तानी हुन बाँकी छ। जसको कारण गएको भदौदेखि नै सत्ता पक्ष तथा प्रतिपक्षका सांसदहरुले बाँकी बक्यौता भुक्तानी दिनुपर्ने माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका छन् भने उपभोक्ता समितिले समेत आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad