राजनीति


रास्वपाको निष्कर्ष : देशैभरको सहकारी समस्या सामाधान हुनुपर्छ, रविलक्षित समिति स्वीकार्दैनौँ

रास्वपाको निष्कर्ष : देशैभरको सहकारी समस्या सामाधान हुनुपर्छ, रविलक्षित समिति स्वीकार्दैनौँ

फाइल तस्बिर


नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १२:८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी देशभरका सहकारीको छानबिन गर्नका लागि मात्रै संसदीय छानबिन समिति बनाउने कुरामा सहमत हुनसक्ने निष्कर्ष निकालेको छ। मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय समितिको बैठकमा यसबारे छलफल भएको थियो। 

‘हामीले पहिल्यैदेखि समग्र सहकारीको समस्या समाधान गर्न एकमत रहेको भन्दै आएका छौँ,’ बैठकपछि रास्वपा सांसद मनिष झाले नेपालखबरसँग भने, ‘तर, कुनै व्यक्ति केन्द्रीत भएर छानबिन समिति बनाउने कुरामा सहमत हुन नसक्ने हाम्रो निष्कर्ष छ।’

सभापति रवि लामिछानेलाई मात्रै लिएर संसदीय छानबिन समिति बनाउने कुरामा आफूहरू सहमत हुन नसक्ने उनले बताए। 

‘हामी देश नै सफा गरौँ भनिरहेका छौँ,’ झाले भने, ‘तर उहाँहरू(नेपाली कांग्रेस) एउटा घरमात्रै सफा गरौँ अरु पर्दैन भन्नुहुन्छ, अनि कसरी हुन्छ र?’

त्यस्तै, आजको बैठकमा बजेट अधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल भएको उनले बताए। 

‘देशको पछिल्लो परिस्थिति र विशेषगरी बजेट अधिवेशनबारे छलफल भयो,’ झाले भने, ‘बजेट अधिवेशनका क्रममा सबै सांसदहरू प्रभावकारी रुपमा प्रस्तुत हुन निर्देशन भएको छ।’

सरकारले आगामी वैशाख २८ गतेलाई बर्खे अधिवेशन बोलाएको छ। सो बैठकअघि रास्वपाले मंगलबार बिहान सांसदहरूसँग छलफल गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .