ad ad

राजनीति


प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा राष्ट्रपतिलाई धन्यवाददेखि अध्यादेश पेससम्म

प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा राष्ट्रपतिलाई धन्यवाददेखि अध्यादेश पेससम्म

फाइल तस्बिर : प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोध। आज पनि उसले अवरोध जारी राख्ने बताएको छ।


नेपालखबर
जेठ ३, २०८१ बिहिबार ७:५६, काठमाडौँ

आज (जेठ ३ गते) प्रतिनिधि सभाको बैठक बस्दै छ। 

संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सुरु गर्ने कार्यतालिका छ। 

बैठकका लागि सम्भावित कार्यसूची पनि तयार पारिएको छ। 

जसअनुसार सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्तीसम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछन्।  

यस्तै सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गर्ने तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूचीमा उल्लेख छ। 

यस्तै आज राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा धन्यवाद ज्ञापन गर्ने कार्यक्रम पनि छ। 

सम्भावित कार्यसूचीअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका  सभापति अम्मरबहादुर थापाले ुसुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गर्ने कार्यक्रम पनि छ। 

यसैगरी आज उपप्रधानमन्त्री एवं गृह मन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० मा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि आजको सम्भावित कार्यसूचीमा राखिएको छ। 

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलन छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै अवरोध जारी राखेकाले आजको संसद् बैठक पनि कार्यसूचीमा पेस गर्ला वा नगर्ला प्रतीक्षाको विषय छ।   

हेर्नुहोस् सम्भावित  कार्यसूची-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .