संघीय संसद्को बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच टेलिफोन वार्ता भएको छ।
संसद्को बैठक आज बोलाइएको छ। बिहीबार बिहान ११ बजे नै बैठक बस्ने भनिए पनि अझै सुरु भएको छैन।
प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न सभामुखलाई आग्रह गरेका स्रोतले जनाएको छ। प्रधानमन्त्रीले आजको बैठकमै गृहमन्त्री रवि लामिछानेले बोल्ने गरी वातावरण निर्माणकाे प्रयास गरिरहेका छन्।
सभामुखले आजको बैठकअघि बढाउने विषयमा कानुन मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्।
छलफलमा कानुन मन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका सचेतक बिनाकुमारी लामा सहभागी थिए।
Shares
प्रतिक्रिया