राजनीति


मेयरको निर्देशनमा अपहरण गर्न खोज्ने ८ जनाविरुद्ध उजुरी, प्रहरी कार्यालयअगाडि प्रदर्शन

मेयरको निर्देशनमा अपहरण गर्न खोज्ने ८ जनाविरुद्ध उजुरी, प्रहरी कार्यालयअगाडि प्रदर्शन

शैलेन्द्र महतो
फागुन १०, २०७६ शनिबार ३:३०,

भिडियो खिचेको निहुँमा मेयरको निर्देशनमा कुटपिट र अपहरण प्रयास गरेकाे भन्दै बारा जिल्ला प्रहरी कार्यालयमा ८ जनाविरुद्ध उजुरी परेको छ।

महागढीमाई नगरपालिका २ बरियारपुर महेन्द्र भनेर चिनिने हरेन्द्र महतोले आफ्ना छोरा मुकेशलाई  बिहीबार साँझ स्थानीय बरियारपुर बजारमा पसलमा बसिरहेका बेला एक समूहले कुटपिट गर्दै अपहरण गर्ने प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन्। 

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवको निर्देशनमा मुकेशलाई कुटपिट गरी अपहरण गर्न खोज्ने नगरप्रहरी र मेयरका केही आफन्तविरुद्ध जाहेरी दिइएको पीडितले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालयमा ८ जनाविरुद्ध जाहेरी परेको जानकारी दिँदै बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले अध्ययन/अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने नेपालखबरसँग बताए।

आफूलाई शौचालयमा थुनेर दुर्व्यवहार गरेको भन्दै हरेन्द्रले बिहीबार मात्रै महागढीमाई नगरपालिकाका मेयर यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामै भेदभाव तथा अपमानजन्य व्यववहारसम्बन्धी जाहेरी दिएका छन्। 

गत सोमबार स्थानीय निर्माणाधीन अधुरो नाला निरीक्षण क्रममा मुकेशले मेयर यादवको प्रतिक्रियासहितको भिडियो खिच्न खोजेपछि उनले हप्काएका थिए।

त्यही भिडियो एक स्थानीयले सामाजिक सञ्जालमा पोस्ट गरेपछि मेयर यादवले नगरप्रहरी परिचालन गरी मुकेशलाई खोजेर ल्याउन निर्देशन दिए। तर मुकेश नभेटिएपछि खेतमा पानी पटाइरहेका उनका बुबा हरेन्द्रलाई पक्राउ गरी नगरपालिका कार्यालय ल्याइएको थियो।

त्यसपछि मेयर यादवले उनलाई आफ्नो जुत्ता फुकालेर टाउकामा राख्न भनेका थिए। तर हरेन्द्रले अस्वीकार गरेपछि झापड लगाउँदै मेयर यादवले उनलाई शौचालयमा आधा घण्टा थुनेका थिए।

साेही अन्यायविरुद्ध हेरन्द्रले बिहीबार मेयरविरुद्ध जिल्ला प्रहरीमा उजुरी हालेका हुन्। 

साेही साँझ नगरपालिकाका मेयर यादवकाे निर्देशनमा नगरप्रहरी तथा केही आफन्तसहितको समूहले छोरा मुकेशलाई कुटपिट र अपहरण प्रयास गरेकाे पीडित परिवारकाे आराेप छ। तर स्थानीय सशस्त्र प्रहरीको प्रयासमा मुकेश अपहरण हुनबाट जोगिएकाे पीडित परिवारकाे भनाइ छ।

यसैबीच स्थानीय बासिन्दाले मेयर यादवलाई कडा कारबाही माग गर्दै बारा जिल्ला प्रहरी कार्यालयअगाडि शुक्रबार विराेध प्रदर्शन गरेका छन्।

gama333

प्रदर्नशनकारी समूहले मेयर यादवकाे राजीनामा तथा उनीसहित दाेषीहरुलाई कडा कारबाही माग गर्दै नाराबाजी गरेका थिए। 

याे पनि :

मेयरको दादागिरी : बुबालाई शौचालयमा थुनेकै थिए, छोरालाई पनि कुटे

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad