समाज


महोत्तरीमा गाँजा र मोटरसाइकल छाडेर फरार

महोत्तरीमा गाँजा र मोटरसाइकल छाडेर फरार

शैलेन्द्र महतो
फागुन १०, २०७६ शनिबार २:५६,

महोत्तरीको औरही प्रहरी चौकीले शनिबार बिहान अवैध लागू औषध गाँजासहित एक मोटरसाइकल नियन्त्रणमा लिएको छ।

मानिस भने भाग्न सफल भएको प्रहरीले जनाएको छ।

औरही प्रहरी चौकी इन्चार्ज राजेन्द्र मण्डलका अनुसार गौशालानगरपालिका वडा नम्बर ३, नवराजपुर र औरही नगरपालिका वडा नम्बर २ फूलबरिया जाने सडकको संगमस्थलबाट ६किलो गाँजा लिएर जाँदै गरेको ना २६प ७७४ को मोटरसाइलक नियन्त्रणमा लिइएको हो।

तर गाँजा ल्याउने मानिस भने प्रहरी टोली देख्नेबित्तिकै मोटरसाइकल छाडेर भागेको प्रहरीले जनाएको छ।

इन्चार्ज मण्डलकै नेतृत्वमा खटिएको टोलीले शनिबार बिहान ७ बजे गाँजासहितको मोटरसाइकल नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad