ad ad

राजनीति


‘गोरखा मिडिया’ लगायतको छानबिन हुन्छ, कुनै व्यक्ति छुट्न सक्दैन : कांग्रेस

‘गोरखा मिडिया’ लगायतको छानबिन हुन्छ, कुनै व्यक्ति छुट्न सक्दैन : कांग्रेस

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १४:३८, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिनका लागि गोरखा मिडिया नेटवर्कसमेतको नाम उल्लेख गरेको भन्दै कुनै व्यक्ति कारबाहीको दायराबाट उम्कन नसक्ने दाबी गरेको छ। 

मंगलबार टीओआर कार्यदलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस सांसद जीवन परियारले यस्तो बताएका हुन्।

‘गोरखा मिडिया नेटवर्क लगायत अन्य कम्पनीमा पनि हुनसक्छ। गैरकानुनी रुपमा अनुचित काममा पैसा गएको छ भने त्यस्ता व्यक्तिलाई छानबिन हुन्छ,’ परियारले भने, ‘सहकारीको रकम अपचलन भएको छ भने त्यसका बारेमा छानबिन गरेर कारबाहीको दायरामा ल्याउनेगरी सहमति गरेका छौँ। त्यसमा कुनै पनि व्यक्ति छुट्न सक्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .