राजनीति


प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबारमा एमाले अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबारमा एमाले अध्यक्ष ओली

नेपालखबर
जेठ २०, २०८१ आइतबार १५:४३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्। अहिले उनीहरूबीच छलफल चलिरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा समसामयिक विषयमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

छलफलमा विशेषगरी आजबाट सुरु भएको बजेटमाथिको छलफल, मधेस सरकार लगायतका विषयमा छलफल हुने बुझिएको छ। 

प्रधानमन्त्री प्रचण्डले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad