राजनीति


नेपाल ट्रस्टको सबै सम्पत्ति विवरण आज सार्वजनिक गरिँदै

नेपाल ट्रस्टको सबै सम्पत्ति विवरण आज सार्वजनिक गरिँदै

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ५:५६,

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार नेपाल ट्रस्टको सम्पत्ति विवरणबारे श्वेतपत्र सार्वजनिक गर्दै छन्।

दिउँसो ३ बजे नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर मन्त्री पोखरेलले गोकर्ण रिसोर्टको लिज सम्झौता प्रकरणसहित नेपाल ट्रस्टको देशभर रहेको सम्पत्तिबारे सम्पूर्ण जानकारी दिने भएका हुन्।

पोखरेल नेपाल ट्रस्टका अध्यक्ष पनि हुन्।

प्रधानमन्त्री ओलीनिकट व्यापारिक समूह यति होल्डिङलाई लिज अवधि सकिनुअगावै २५ वर्ष गोकर्ण रिसोर्ट जिम्मा लगाएपछि ट्रस्टबारे प्रश्न उठिरहेको छ।

मन्त्री पोखरेलले सार्वजनिक गर्न लागेको श्वेतपत्रमा गोकर्ण रिसोर्ट र दरबारमार्ग र ताहाचलको लिज भाडा प्रकरणबारे छुट्टाछुट्टै रुपमा समावेश गरिएको छ।

सरकारले गोकर्ण रिसोर्टको लिज नवीकरण गर्दा एक अर्ब सरकारलाई प्रत्यक्ष/अप्रत्यक्ष आम्दानी हुने दाबी गरिरहेको छ।

त्यस्तै मातातीर्थ र थानकोटको मोहीको जग्गा व्यक्तिको नाममा पुर्‍याइएको विषयमा समेत श्वेतपत्रमा उल्लेख गरिने बताइएको छ।

मन्त्रिपरिषद् बैठकले यस विषयमा श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad