समाज


ट्रम्प भ्रमणमा रहेका बेला भारतमा हिंस्रक प्रदर्शन, प्रहरीसहित ७ जनाको मृत्यु

ट्रम्प भ्रमणमा रहेका बेला भारतमा हिंस्रक प्रदर्शन, प्रहरीसहित ७ जनाको मृत्यु

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ६:१६,

नागरिकता कानुनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा सोमबार एक प्रहरीसहित ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिल्लीमा मंगलबार निर्णायक छलफल गर्दैछन्। सोमबार राति नै ट्रम्प अहमदाबाद, आग्रा हुँदै दिल्ली पुगेका थिए।

ट्रम्प दिल्ली पुग्न अगाडि त्यहाँ महिनौंयता जारी नागरिकता कानुनको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो। केही समय साम्य भएको प्रदर्शन आइतबारदेखि चर्किएको हो।

सोमबार दिल्लीको यमुना पार इलाकामा प्रहरी हेड कन्स्टेबल रतन लालको प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर मृत्यु भएको बताइएको छ।

दिल्ली में हिंसा

प्रदर्शनकारीले सरकारविरुद्ध प्रदर्शन गर्दै ढुंगामुढा प्रहार गरेका थिए, कारमा आगजनी गरेका थिए। प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियो।

 यस घटनासँगै दिल्ली सरकारले हिंसालाई नियन्त्रणमा लिन दिल्लीका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। त्यहाँका केही स्थानमा कर्फु जारी भएको छ।

भारत सरकारले नागरिकता सम्बन्धी नयाँ कानुन ल्याएपछि केही समययता भारतमा प्रदर्शन जारी छ।

उक्त कानुन मुसलमान विरोध भएको भनेर त्यहाँ प्रदर्शन भइरहेको हो। छिमेकी मूलुकका गैर मुस्लिम नागरिकलाई मात्र नागरिकता दिने भनेर नयाँ कानुनले बताएपछि हिंसा जारी छ।

दिल्ली में हिंसा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad