प्रतिनिधि सभाको आजको बैठकमा कर्णाली नदीको झोलुंगे पुल तत्काल मर्मत सम्भार गर्न माग गरिएको छ। पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको संसद्मा आवाज उठेको छ।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद् सीताकुमारी रानाले झोलुंगे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट वञ्चित हुनुपरेको बताए। आइतबार कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ खच्चर दुर्घटनामा परेका थिए।
सांसद् रानाले पुल तुरुन्तै मर्मत सम्भार नगरे मानवीय दुर्घटना हुन सक्ने भन्दै सरकारको ध्यानार्कषण गराए। ‘सरकारले जतिसक्दो छिटो प्राविधिक टोली पठाएर कर्णालीको पुल मर्मत गर्नुपर्ने स्थिति छ,’ उनले भने, ‘होइन भने प्राकृतिक प्रकोपले झनै स्थिति नाजुक हुन सक्छ। कर्णालीका बासिन्दालाई सरकार छ भन्ने आभास होस्।’
Shares
प्रतिक्रिया