राजनीति


आज अस्पताल भर्ना हुनुअघि ओलीले गर्दैछन् यस्तो ऐतिहासिक निर्णय

आज अस्पताल भर्ना हुनुअघि ओलीले गर्दैछन् यस्तो ऐतिहासिक निर्णय

नेपालखबर
फागुन १९, २०७६ सोमबार २:५८,

दोस्रोपटक मिर्गाैला प्रत्यारोपणका लागि आज (सोमबार) त्रिवि शिक्षण अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि ऐतिहासिक निर्णय गर्ने भएका छन्।

उनले अहिले बिहान ९ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने राष्ट्रिय योजना आयोगको १५औं पूर्ण बैठकको अध्यक्षता गर्ने भएका हुन्।

प्रधानमन्त्री ओली आयोगका अध्यक्ष हुन्। यसमा राष्ट्रिय योजना आयोगको टिम, अर्थमन्त्री, मुख्य सचिव, अर्थ सचिवलगायत ८ सदस्य छन्।

यो बैठकले समृद्धि र सुखका विषयमा ऐतिहासिक निर्णय गर्ने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीको दाबी छ।

‘यो बैठकले नेपाललाई अल्पविकसित राष्ट्रबाट मध्यम आयस्तर भएको मुलुकमा परिणत गर्न महत्वपूर्ण निर्णय गर्दै छ,’ प्रवक्ता शाहीले सोमबार बिहान नेपालखबरसँग भने, ‘यो नीतिगत रूपमा ठूलै छलाङ हो।’

उनका अनुसार यो १५औं बैठकले समृद्धिका चार र सुखका ६ परिभाषा गर्दै त्यो प्राप्तिका लागि नीतिगत निर्णय गर्नेेछ। दिगो आर्थिक विकासमा जोड दिँदै यो बैठकले योजना पास गर्ने उनको भनाइ छ।

नेपालको आर्थिक विकास र समृद्धिका लागि यो अहिलेसम्मकै ठूलो र परिवर्तनकारी नीतिगत निर्णय हुने उनको दाबी छ।

विस्तृत विवरण भने बैठकको निर्णयपछि सार्वजनिक गरिने राष्ट्रिय योजना आयोगले जनाएको छ।

बैठक सकेर प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल जाने प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएको छ।

याे पनि : 

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण : आपतकालीन अवस्थामा भारतीय चिकित्सक आउन तयार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad