राजनीति


अप्रेसन थिएटरमा पस्नुअघि ओलीले गरे खतिवडालाई फेरि अर्थमन्त्रीमा नियुक्त

अप्रेसन थिएटरमा पस्नुअघि ओलीले गरे खतिवडालाई फेरि अर्थमन्त्रीमा नियुक्त

नेपालखबर
फागुन २१, २०७६ बुधबार ५:२०,

मिर्गाैला प्रत्यारोपणका लागि अहिले त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज)मा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रेसन थिएटरमा पस्नुअघि डा. युवराज खतिवडालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरेका छन्।

राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछि हिजो (मंगलबार) मात्र अर्थमन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएका डा. खतिवडालाई प्रधानमन्त्री  ओलीले पुनः अर्थ साथै सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा समेत नियुक्त गरेका हुन्।

मुख्य सचिव लोकदर्शन रेग्मीले प्रधानमन्त्री ओलीका तर्फबाट खतिवडालाई मन्त्री पदमा पुनः नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसका लागि मुख्य सचिव रेग्मी प्रधानमन्त्रीलाई भेट्न त्रिवि शिक्षण अस्पताल नै पुगेका थिए।

 प्रधानमन्‍त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई पुन: अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

cabinet 0432020060933 1000x0

खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम छ।

दोस्रोपटक मिर्गाैला प्रत्यारोपणका लागि सोमबार नै त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई अहिले शल्यक्रिया कक्ष (अप्रेसन थिएटर)मा राखिएको चिकित्सकले बताएका छन्।

आज उनको मिर्गौला प्रत्यारोपण गरिनेछ। त्यसका लागि उनको भान्जी नाता पर्ने झापाकी समीक्षा संग्रौलाले मिर्गाैला प्रदान गर्दैछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad