राजनीति


मिर्गाैला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओलीको अप्रेसन जारी

मिर्गाैला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओलीको अप्रेसन जारी

नेपालखबर
फागुन २१, २०७६ बुधबार ५:५७,

दाेस्राेपटक मिर्गाैला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले अप्रेसन (शल्यक्रिया) भइरहेको छ। काठमाडौंकाे महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा बुधबार बिहान १० बजेपछि उनको शल्यक्रिया सुरु गरिएको हो।

अस्पतालका निर्देशक डा‍. प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएकाे जानकारी दिएका हुन्।

‘अप्रेसनका लागि प्रधानमन्त्रीज्यूलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगेर काम थालिएको छ,’ अस्पताल परिसरमा पत्रकाहरूलाई जानकारी दिँदै निर्देशक खड्काले भने, ‘उहाँलाई मिर्गाैला दान गर्ने समीक्षा संग्रौलालाई यसअघि नै शल्यक्रिया कक्ष लगिसकिएको छ।’

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो।

शल्यक्रिया सकिन करिब ५ घण्टा लाग्ने शल्यक्रियामा संलग्न चिकित्सकले बताएका छन्।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा. डा. उत्तम शर्मा,  प्रा. डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमार सहभागी हुने शिक्षण अस्पताल स्राेतले जानकारी दिएकाे छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad