ad ad

राजनीति


डीआईजी सुब्बाले दिए राजीनामा

डीआईजी सुब्बाले दिए राजीनामा

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १३:५५,

प्रहरी नायव महानिरीक्षक (डीआइजी) डा. राजीव सुब्बाले राजीनामा दिएका छन्।

प्रहरी प्रवक्ता शैलेस थापाले सुब्बाले राजीनामा दिएको पुष्टी गरे।

प्राविधिक तर्फका डीआइजी सुब्बा लगभग २५ वर्षदेखि प्रहरी सेवामा कार्यरत छन्। उनको राजीनामाको कारण भने प्रहरी प्रधान कार्यालयले खुलाउन चाहेन। 

डीआईजी सुब्बाले २०५२ साल भदौमा प्रहरी सेवा सुरु गरेका थिए। उनी पछिल्लो चार वर्षदेखि डीआईजीमा कार्यरत थिए। सेवाअवधि सकिनु एक वर्ष पहिले नै उनले राजीनामा दिएका हुन्।

मंगलबार बुझाएको राजीनामा पत्रमा घराएसी कारण देखाएपनि डीआईजी सुब्बा सञ्चार निर्देशनालयमा अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी नहुँदा असन्तुष्ट थिए।

उनले पछिल्लो समय प्राविधिकतर्फ पनि एआईजीको दरबन्दी थप गर्न माग गर्दै आएका थिए। अन्य सेवातर्फ उनीभन्दा जुनियर प्रहरी एआईजी भइसकेका छन्।

गत पुसमा प्राविधिक तर्फकै डा. आशा सिंह एआईजीमा बढुवा भएकी थिइन्। उनीलगायत हाल प्राविधिकतर्फका सबै डीआईजी सुब्बा भन्दा जुनियर हुन्।

सञ्चार निर्देशनालय अन्तरगत ३ हजार ७ सय प्रहरी कार्यरत छन्। डा. सुब्बा कम्प्युटर इन्जिनियर हुन्। गत मंगलबारबाटै लागू हुनेगरी राजीनामा दिए पनि स्वीकृत भइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .