राजनीति


रविलाई पक्राउ गर्ने तयारी, वनस्थलीमा कार्यकर्ता र प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)

रविलाई पक्राउ गर्ने तयारी, वनस्थलीमा कार्यकर्ता र प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)

सरोज बैजु
कात्तिक २, २०८१ शुक्रबार १८:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पार्टी कार्यालय, वनस्थली पुगेको छ।

सीआईबीका प्रवक्ता समेत रहेका एसपी होबिन्द्र बोगटीको नेतृत्वमा टोली केहीबेरअघि मात्रै त्यहाँ पुगेको हो। 

आजै कास्की जिल्ला अदालतबाट प्रहरीले रविलाई पक्राउ गर्न अनुमति लिएको थियो। 

अहिले रास्वपा कार्यालयमा समर्थकको ठूलो भिड लागेको छ। शुक्रबार सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी भएपछि समर्थकहरू पार्टी कार्यालयमा भेला भएका हुन्। 

सााथै, प्रहरी अधिकारीहरू पनि बाक्लो संख्यामा उपस्थित भएका छन्। काठमाडौँ प्रहरी परिसर र मातहतका वृत्तबाट ठूलो संख्यामा प्रहरी परिचालन भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad