राजनीति


रास्वपाले कार्यकर्तालाई भन्यो : सभापति पक्राउ गर्न आएका प्रहरीविरुद्ध प्रतिवाद नगर्नू

रास्वपाले कार्यकर्तालाई भन्यो : सभापति पक्राउ गर्न आएका प्रहरीविरुद्ध प्रतिवाद नगर्नू

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १७:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पक्राउ गर्न आएका प्रहरीलाई प्रतिवाद नगर्न निर्देशन दिएको छ।

लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली पार्टी कार्यालय पुगेपछि कार्यकर्तालाई यस्तो निर्देशन दिएको प्रवक्ता मनिष झाले बताए।

‘पक्राउ गर्न आउनुभएका प्रहरी अधिकारीहरूलाई कुनै किसिमको प्रतिकार र अवरोध नगर्न पार्टी सदस्यहरूलाई अनुरोध गरिएको छ’ उनले भने।

प्रवक्ता झाले लामिछानेविरुद्ध सरकारले प्रतिशोध साँधेको भन्दै सत्तापक्षले कसैको राजनीति अवसर जोगाउन कुण्ठित कदम चालेको आरोप पनि लगाए।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिलाई पक्राउ गर्न नेपाल प्रहरी पार्टी कार्यालय बनस्थली, काठमाडौं पुगेको कुरा सत्य हो’ उनले भने, ‘यो सत्तापक्षले कसैको राजनीति अवसर जोगाउन कुण्ठित कदम चालेको हो र राजनीतिक प्रतिशोध साधेको कुरामा हामी स्पष्ट छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad