राजनीति


बालुवाटारमा सडकभरि प्रहरी

बालुवाटारमा सडकभरि प्रहरी

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १२:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदर्शन रोक्न बालुवाटारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो उपस्थितिका बीच रास्वपाले प्रदर्शनको प्रयास गरिरहेको छ।

प्रदर्शनको तयारी गरिरहँदा पहिला नै सुरक्षाकर्मीले नेता तथा कार्यकर्ता  गिरफ्तार गरेको रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा बालुवाटारनजिक नेपाल हाउसको अगाडिबाट प्रहरीले गिरफ्तार गरेको उनले बताएका छन्।

रास्वपाको प्रदर्शनका कारण यस क्षेत्रको यातायात प्रभावित भएको छ। प्रहरीले सडक खाली गराएर रास्वपाको प्रदर्शन रोक्ने प्रयास गरिरहेको छ।

निषेधित क्षेत्रमा प्रवेश नगर्न भन्दै प्रहरीले माइकिङ पनि गरिरहेको छ। निषेधित क्षेत्रमा प्रवेश गरे बल प्रयोग गर्ने चेतावनीसमेत प्रहरीले दिएको छ।

लाइभ हेर्नुहोस् :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad