आगामी मंसिर १६ गते हुन गइरहेको उपचुनावका लागि नेकपा एमाले काठमाडौँले सबै उम्मेदवार टुंग्याएको छ।
बुधबार बसेको एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकले २ उम्मेदवारबारे निर्णय लिएको हो भने २ जनालाई माथिल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो।
एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार कीर्तिपुरको मेयरमा सुरेन्द्र मानान्धरको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको हो। यसबारे अन्तिम निर्णय बागमती प्रदेश कमिटीले लिने छ।
त्यस्तै कीर्तिपुर नगरपालिकाको वडा नं. १ का लागि हर्ष मर्हजन र ४ को वडाध्यक्षका लागि बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको हो।
काठमाडौँ महानगरपालिकाको वडा नं. १६ को वडाध्यक्षका लागि लक्ष्मीरत्न तुलाधरलाई सिफारिस गरेको अध्यक्ष निरौलाले जानकारी दिए।
उनीबारे पनि बागमती प्रदेश कमिटीले निर्णय लिनेछ।
११ वर्षअघि प्रचण्डसँग भिडे, कांग्रेससँग टक्कर लिन कीर्तिपुरमा एमालेका मेयर उम्मेदवार बने
Shares

प्रतिक्रिया