राजनीति


जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र रुसी प्रतिनिधिबीच भेटवार्ता

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र रुसी प्रतिनिधिबीच भेटवार्ता

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १४:३२, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र रुसका रसियन कम्युनिष्ट पार्टीका प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ। 

बुधबार दिउँसो राजधानी काठमाडौँमा भएको द्वीपक्षीय भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, सामाजिक न्याय, मानवअधिकार, समाजवाद र लोकतन्त्र लगायतका बिषयमा जसपा नेपालका अध्यक्ष यादव र रसियन कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुबीच छलफल भएको हो। 

भेटवार्तामा लोकतन्त्रको रक्षा, सामाजिक न्यायको स्थापना र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सवालमा जसपा नेपाल र रुसी कम्युनिष्ट पार्टीबीच समान धारणा रहेको र परिवर्तनकारी उपलब्धि रक्षाका लागि दुबै पार्टी प्रतिबद्ध रहेको जसपा नेपालका अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad