नेपाली कांग्रेसले कृषि क्षेत्रको विकासमा बाधक बनेका कानुन संशोधनका लागि मन्त्रालयलाई गृहकार्य गर्न आग्रह गरेको छ।
सभापति हुँदादेखि कृषिसँग सम्बन्धित कानुन संशोधनमा लागिपरे पनि पूरा नभएकाले त्यसमा अग्रसरता लिन उहाँले मन्त्री अधिकारीलाई आग्रह गरे। दुई ठूला दल मिलेर सरकार सञ्चालन गरिरहँदा यसको अनुभूति नागरिकले पाउने गरी काम गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिएका थिए।
कृषिमा दिएको अनुदानको दुरुपयोग गर्नेहरुको नाम सार्वजनिक गर्न मन्त्री अधिकारीले लिएको प्रयास सकारात्मक छ भन्दै उनले अनुदानको स्वरुपमा पनि परिवर्तनको आवश्यकता औँल्याए।
सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा महामन्त्री थापाले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि मन्त्री अधिकारीले गरेका निर्णयलाई पार्टीले सकारात्मक रुपले हेरेको उल्लेख गर्दै यसबीचमा कृषकका पक्षमा निर्णय भएकाले यस्ता कामलाई निरन्तरता दिनुपर्ने बताए।
33
Shares

प्रतिक्रिया