राजनीति


कीर्तिपुर-४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी

कीर्तिपुर-४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी

नेपालखबर
मंसिर १७, २०८१ सोमबार ११:३, काठमाडौँ

काठमाडौँको कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्। 

७ सय ४२ मत ल्याएर बानियाँ विजयी भएका निर्वाचन आयोगले जनाएको छ।

बानियाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ४९५ मत ल्याएकी छन् भने माओवादी केन्द्रका नारायण विष्टले २८७ मत ल्याएका छन्। अघिल्लो निर्वाचनमा खड्काका पति  श्यामकुमार अधिकारी विजयी भएका थिए।

अधिकारीको निधन भएपछि उनकी पत्नी उपनिर्वाचनमा कीर्तिपुर ४ मा उम्मेदवार बनेकी थिइन्। 

कीर्तिपुर- ४ मा यो निर्वाचनमा एमाले चौथो भएको छ। एमाले उम्मेदवारले १५३ मत ल्याउँदा राप्रपाका बिजेस बस्नेतले ८७ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad