उदयपुरको बेलका नगरपालिका वडा नं ९ वडाअध्यक्षको मतगणना सुरु गर्ने तयारी भएको छ।
यसअघि बदरमत धेरै भएको भन्दै गणनामा बसेका माओवादीका प्रतिनिधिले निवेदन दिएका थिए। माओवादीको विरोधपछि आइतबार राति १ बजेबाटै गणना रोकिएको थियो। मतगणना आइतबार बेलुका १० बजेबाट सुरु भएको थियो।
तर अहिले पुनः मतगणनाको तयारी भएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताए। बेलकाको पुनः मतगणना सुरु गर्ने विषयमा दिनभर छलफल भएको र सकेसम्म कम मत बदरहुने गरी अगाडी बढ्ने निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ।
यसअघि बदर भनिएको मत पनि पुनः गणना गर्ने सूचनामा उल्लेख छ।
यसअघि ५०० मत गन्दा २२० मत बदर भएको थियो। अब सुरु गर्दा २२० मत पनि गणना गरिनेछ।
अहिलेसम्म एमालेका मोहन थापाले ८५ मतसहित अग्रता लिएका छन्।
माओवादीका भरत घिमिरेले ८० र कांग्रेसका नवराज बस्नेतले ६२ मत पाएका छन्।
बेलका ९ को वडाध्यक्षमा ७ जना उम्मेदवार छन्। २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका पदमबहादुर खड्का निर्वाचित भएका थिए।
एमाले उम्मेदवार दोस्रो हुँदा माओवादी उम्मेदवार चौथो भएका थिए।

Shares

प्रतिक्रिया