राजनीति


अस्थिरता मच्चाउनेले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए : ओली

अस्थिरता मच्चाउनेले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए : ओली

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १६:१०, झापा

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाएको बताएका छन्।

झापाको गौरादह नगरपालिका वडा न ४ र ५ मा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरणको आज शुभारम्भ गर्दै उनले अहिलेको संयुक्त सरकारले ढुक्कसँग काम गरिरहेको र १८ महिनापछि कांग्रेससँगको समझदारीअनुसार सत्ता हस्तान्तरण गर्ने पनि स्पष्ट पारे।

अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको र जनताका हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

साविक महारानीझोडा गाविसमा ४ हजार घरघुरीका करिब ८ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad