राजनीति


प्रदेश २ को राजधानी जनकपुरधाम तोक्ने संयुक्त प्रस्ताव नै अस्वीकृत, अब नयाँ प्रक्रियाबाट

प्रदेश २ को राजधानी जनकपुरधाम तोक्ने संयुक्त प्रस्ताव नै अस्वीकृत, अब नयाँ प्रक्रियाबाट

शैलेन्द्र महतो
चैत ४, २०७६ मंगलबार १७:३,

प्रदेश २ को राजधानी जनकपुरधाम तोक्ने सर्वदलीय सहमतिसहितको संयुक्त प्रस्ताव समेत खारेज भएको छ।

सो प्रस्तावको पक्षमा ५२ मत मात्र प्राप्त भएपछि अस्वीकृत भएको हो। प्रस्तावको विपक्षमा पनि ५२ मत परेको छ। ३ मत बदर भएको छ।

आजै यसअघि प्रदेशको स्थायी नामाकरण गर्न भएको मतदानमा मधेश नाममा दुईतिहाई नपुगेपछि पर्सा, बारा, रौतहट र सप्तरीका समाजवादी र राजपाका सांसदहरू रुष्ट भएका थिए।

तीमध्ये अधिकांशले जनकपुरधाम राजधानी तोक्ने प्रस्तावको विपक्षमा मतदान गरेको बताइएको छ।

स्थायी नाम र राजधानी तोक्न कुनै प्रस्तावको पक्षमा प्रदेश सभाकाे दुईतिहाई बहुमत प्राप्त हुनुपर्छ। सो मत नपुगेसम्म क्रमशः अन्य प्रस्तावित नाममा मतदान हुनेछ। अब नाम र राजधानी तोक्ने दुवै प्रयोजनका लागि नयाँ प्रक्रिया सुरु हुने भएको छ।

प्रदेश २ सभामा जम्मा १ सय ७ प्रदेश सांसद छन। प्रदेश सभामा नेकपा ३२, सत्तारुढ समाजवादी पार्टी ३०, सत्ता साझेदार राजपा २५, प्रतिपक्षी कांग्रेसको १९ र १ जना स्वतन्त्र सांसद छन।

संयुक्त प्रस्ताव फेल भएपछि नेकपा र नेपाली कांग्रेसका नेताहरुले समाजवादी र राजपाका सांसदहरुलाई बेइमानी गरेको आरोप लगाएका छन्।

नेकपाका सांसद सत्रुधन महतोले ‘समाजवादी र राजपाले बेइमानी गरेको’ आरोप लगाए।

नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारको सत्तारुढ दुबै दल (समाजवादी र राजपा) ले बेइमानी गरेको आरोप लगाए।

प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले भने दुवै प्रतिपक्षि दल (नेकपा र कांग्रेस) ले सहमति अनुसार मतदान नगरेको आरोप लगाए।

साेहि प्रदेश नामाकरणका लागि मंगलबार नै भएकाे मतदानमा सबै चारमध्ये कुनैपनि प्रस्तावमा दुईतिहाई मत नपुगेपछि सबै प्रस्ताव अस्वीकृत भएका थिए। याेसँगै अब स्थायी नामाकरण र राजधानी दुवैका लागि नयाँ प्रक्रिया सुरू हुने भएकाे छ।

याे पनि: 
प्रदेश २ नामाकरणको चारै प्रस्ताव फेल, अब नयाँ प्रक्रिया सुरु हुने 
प्रदेश २ नामाकरणः मध्य-मधेश नामको पक्षमा ४२ मत, तेस्रो प्रस्ताव पनि खारेज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad