राजनीति


८ महिनाअघि एकताको प्रस्ताव गर्‍यौं, तर माओवादीमा छलफल चलेन : विप्लव

८ महिनाअघि एकताको प्रस्ताव  गर्‍यौं, तर माओवादीमा छलफल चलेन : विप्लव

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०८१ बिहिबार १६:३९, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले एकताका लागि आफूहरुले ८ महिनाअघि माओवादी केन्द्रलाई प्रस्ताव गरेको तर त्यसबारे माओवादीमा अहिलेसम्म छलफल नचलेको भन्दै गुनासो गरेका छन्। 

बिहीबार माओ दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा विप्लवले भने, ‘हामीले ८ महिनाअघि एकताको प्रस्ताव गर्‍यौं। तर माओवादीमा सुव्यवस्थित छलफल अहिलेसम्म पनि चलेन। हामीले सबै छलफल सुन्यौ-सायद समय भएको छैन।’

माओवादी, समाजवादी र कम्युनिष्टहरुसँगको एकताबाट आफूहरु पछाडि नफर्केको भन्दै अहिले एकता सम्भव नभए मोर्चा बनाएर जानुपर्नेमा जोड दिए।

उनले भने,‘त्यसैले हामी मोर्चाका लागि खुल्ला। क्रान्तिकारीहरुका बीचमा एकता भए एकता, त्यो नभए मोर्चा पनि नबनाउने भन्ने कुराले सोच्नु हुँदैन। आज मोर्चा एकदमै आवश्यक छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad