नेकपा एमालेले पूर्व राजावादीले अराजकतालाई बढाइरहेको विश्लेषण गरेको छ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको आइतबार सुरु बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पछिल्लो समय पूर्व राजावादी समूह या व्यक्तिहरू पनि अराजकतालाई बढावा दिन सक्रिय रहेको उल्लेख गरेका छन्।
तर, उनले कसैको नाम खुलाएका छैनन्। ‘२४० वर्षे शाहवंशीय शासनकाल, त्यस अवधिमा मुलुकले ब्यहोर्नु परेको दुर्दशा र लोकतन्त्र खोसिएको पीडादायी इतिहासमाथि पर्दा हाल्दै यतिबेला उनीहरू १६ वर्ष अगाडि मात्रै स्थापित भएको नवोदित गणतन्त्रमाथि हिलो छ्याप्न र जनतामा निराशा फैलाउन उद्दत देखिन्छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘भिन्नभिन्न बाटोमा हिँडिरहेका अराजकता र अस्थिरताका संवाहकहरूलाई एक ठाउँमा उभ्याउने र अराजकताको ‘परीक्षण’ गर्न विभिन्न शक्तिकेन्द्रहरू प्रयत्नशील छन्।’
Shares

प्रतिक्रिया