प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टीका पदाधिकारीले धारणा राख्न सुरु गरेका छन्।
मंगलबार सुरु भएको देस्रो दिनको बैठकमा उपमहासचिव हरिबोल गजुरेल, वर्षमान पुन र सचिव देवेन्द्र पौडेलले धारणा राखिसकेका छन्। प्रत्येक पदाधिकारीलाई केन्द्रीय सदस्यसरह नै ३ मिनेटको समय दिइएको छ।
हिजो नै बोलेका सचिव देवेन्द्र पौडेलले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीको सक्रिय राजनीतिमा स्वागत गरेका थिए।‘मरेको भए सहिद हुन्थ्यौं, हामी बाचेर आएको हो,’ उनले भनेका थिए, ‘तपाईंलाई स्वागत छ। आउनुहोस् पासाङजी संगै यात्रा गरौं।’
यद्यपि, सुदन किरातीसहितका अन्य केही केन्द्रीय सदस्यले भने उनलाई राजनीतिमा नआउन सुझाव दिएका थिए।
177
Shares

प्रतिक्रिया