चर्चित फिल्म ‘स्पाइडरम्यान’ का कलाकार टम हल्याण्ड र जेन्डायाले इन्गेजमेन्ट गरेका छन्।
उनीहरुले क्रिसमस र न्यू इयरको बीचमा इन्गेजमेन्ट गरेको हलिउड सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
हिजो भएको गोल्डेन ग्लोब्स समारोहमा जेन्डायाले हीराको औंठी लगाएकी थिइन्। त्यसपछि उनीहरुको इन्गेजमेन्टबारे खबर फैलिएको हो। उनीहरु बिहेको तयारीमा रहेको समेत बताइएको छ।
सन् २०२१ मा सार्वजनिक ठाउँमा चुम्बन गरिरहेको भेटिएपछि यी दुईले आफ्नो सम्बन्धलाई स्विकारेका थिए। ‘स्पाइडरम्यान’ श्रृंखलामा जेन्डाया र टम जोडीको रुपमा देखिएका थिए।

96
Shares

प्रतिक्रिया