नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको चुनावमा केन्द्रीय सचिवसहित १२० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।
सचिवमा मुस्लिमतर्फ मिरोज अहम्मद निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। त्यस्तै १२० केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन्।
अखिल क्रान्तिकारीमा नेतृत्वका लागि ८ गते मनोनयन दर्ता भएको थियो भने आज मतदान भएको थियो।
कुल १९१५ जनाले मतदान गरेका थिए।
अखिल क्रान्तिकारीमा अध्यक्षका लागि उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन्।
हेर्नुहोस् सूची
1.5k
Shares

प्रतिक्रिया