नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक जारी छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ।
बैठकमा वर्तमान राजनीतिक अवस्था, आह्वान गरिएको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीलगायतका विषयमा छलफल भइरहेको पार्टी प्रचार विभागले जनाएको छ।
पार्टीले स्थायी कमिटी बैठक माघ २८, पोलिटब्युरो बैठक माघ २९ र केन्द्रीय कमिटी बैठक माघ ३० देखि फागुन २ गतेसम्म बस्नेगरी बोलाएको महासचिव घनश्याम भुसालले जानकारी दिए।
39
Shares

प्रतिक्रिया