राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन्।
अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको भान भएको बताए।
त्यस्तै निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनाएको पनि उल्लेख गरे।
'निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनायो । यो सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु हुने थिएन?,' उनले भने, 'विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन? कांग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो। यो हर्ने हो भने मुलुकमा सरकार छैन भने हुन्छ। सरकारले नियमित कुरालाई पनि उपलब्धि भन्ने यस्ता धेरै कुराहरु हुनेछन् र गर्नुपर्नेछ।'
उनले निरासा जनतलाई आशा जगाउनसमेत सरकारले नसकेको बताए। उनले सरकारले रेमिट्यान्समार्फत आएको पैसासमेत खर्च गर्न नसकेको उल्लेख गरे।
'सुशासनको क्षेत्रमा वर्तमान सरकारले के गर्यो । निरासा जनतलाई आशा जगाउने के काम गर्यो? देशभित्र कति मान्छेको लागि रोजगारी सिर्जना र अर्थतन्त्रमा के सुधार गर्यो? अहिले बैंकमा विदेशी मुद्रा सञ्चिति बढेको छ,' उनले थपे, 'यो सरकारको कारणले भएको हो? यो हाम्रा भाइ छोरा बेचेर आएको पैसा हो। सरकारले आएको पैसा खर्च गर्न सकेको छैन भनौं। साढे ६ महिनाको वर्तमान सरकारको समय निरासाजनक छ । हामी चाहन्छौं। काँंग्रेस एमाले जस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ। सरकारको विरोध मात्रै गर्दैनौं सुधारको अपेक्षा पनि गछौं। तर अहिलेसम्मको स्थिति हेर्दा भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागि रहेको जस्तो लाग्छ । भ्रष्टाचारसम्बन्धि ऐन पेस हुँदा कुनै पनि पदाधिकारी पदबाट विदा भएपछि पाँच वर्षभित्रमा उजुरी हुनुपर्छ भनिएको थियो । तर प्रधानमन्त्रीले प्रतिवाद गर्नुभयो ।’
Shares

प्रतिक्रिया