राजनीति


समाजवाद निर्माणको जिम्मेवारी दिनुस्, नसके मृत्युदण्ड भोग्न तयार छु : वामदेव गौतम

समाजवाद निर्माणको जिम्मेवारी दिनुस्, नसके मृत्युदण्ड भोग्न तयार छु : वामदेव गौतम

फाइल फोटो


नेपालखबर
माघ २०, २०८१ आइतबार १४:४८, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने बताएका छन्।

आइतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए।

प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरु पूरा बताए। उनले संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताए।

नेता गौतमले अध्यादेश नानी बाबुहरूले घर पुतली खेले जस्तो विषय नभएको जिकीर गरे।

उनले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने दाबी गरे। पूरा नगरेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताए।

आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको उनको भनाई थियो।

उनले भने, ‘अहिले मुख्यतः हाम्रो राष्ट्रलाई चाहिएको विषय हो लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद। यसमा कसैको ध्यान छैन। न सत्ता पक्ष, न प्रमुख प्रतिपक्ष न प्रतिपक्षको। यो संरचना निर्माण गर्न सकिन्छ । समाजवाद निर्माण गर्न सकिन्छ। समाजवादको संरचना निर्माण गर्न सकिन्छ। म आफूलाई दाउमा राख्न चाहन्छु। मलाई मृत्युदण्ड दिइयोस् यदी समाजवाद निर्माण हुन सक्दैन भने। वर्ष तोकियोस्। यति वर्ष भित्रमा समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु।’

उनले खिचडी राजनीतिलाई बहिष्कार गर्न सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad