राजनीति


एकीकृत समाजवादीकी केन्द्रीय सदस्य शान्ता पाख्रिन एमालेमै फर्किन्

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य शान्ता पाख्रिन एमालेमै फर्किन्

नेपालखबर
माघ २३, २०८१ बुधबार ७:४४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) कि केन्द्रीय सदस्य शान्ता पाख्रिनसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। 

एमाले सिन्धुलीले सञ्चालन गरेको तीन महिने  ‘पुराना जगाउँ, नयाँ  बढाउँ’ अभियान अन्तर्गत सिन्धुलीमा भएको कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहितका नेताहरु आफ्नो पार्टीमा प्रवेश गरेका एमालेले जनाएको छ।  

एमाले प्रवेश गर्नेमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पाख्रिन, बाग्मती प्रदेश सदस्य गीता कटुवाल लगायत छन्। 

उनीहरुलाई एमाले बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, केन्द्रीय सदस्य एवं सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापा लगायतले स्वागत गरेका छन्। 

त्यसैगरि एकीकृत समाजवादीका सिन्धुली जिल्ला कमिटी सचिवालय सदस्य एवं भूतपूर्व सैनिक सङ्गठनका केन्द्रीय सचिव भरत कटुवाल, जिल्ला कमिटी सदस्य सम्झना कुमारी श्रेष्ठ, मायादेवी थापा, विजिता कटुवाल पनि एमालेमै फर्किएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad