ग्लोबल


स्विडेनको विद्यालयमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

स्विडेनको विद्यालयमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

नेपालखबर
माघ २३, २०८१ बुधबार ८:८, काठमाडौँ

स्विडेनमा एक विद्यालयमा मंगलबार गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले बताएको छ। यसलाई स्विडेन सरकारले देशकै ठूलो सामूहिक गोलीकाण्ड भनेको छ। 

सीएनएनको रिपोर्टअनुसार मध्य स्विडेनको ओरेब्रो सहरको एक क्याम्पस परिसरभित्र एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका हुन्। 

घटनामा कम्तीमा १० जनाको मृत्यु भएको र धेरै मानिस घाइते भएको प्रहरी जिल्ला प्रमुख रोबर्टो इड फरेस्टले बताएका छन्। 

उनले भनेका छन्, ‘मलाई लाग्छ, अपराधी एक जना मात्रै थिए।’ 

घटनामा आक्रमणकारीको पनि मारिएका छन्। 

उक्त गोलीबारी क्याम्पस रिसबर्गस्काको परिसरभित्र भएको हो, जहाँ वयस्क शिक्षा तथा बालबालिकाका लागि स्कुल पनि छन्।

स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले घटनापछि पत्रकार सम्मेलन गरी मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदन व्यक्त गरेका छन्।

उनले भने, ‘यो स्विडेनको इतिहासकै सबैभन्दा भयानक सामूहिक गोलीकाण्ड हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad