राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरू गम्भीर नहुँदा कानुन निर्माण हुन नसकेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक पार्टीका कारणले कानुन निर्माण नभएको दाबी गरे। उनले संसद्ले कानुन निर्माण गर्न नसकेको भन्नेकुरा सत्य नरहेको बताए।
उनले अहिलेसम्म पनि आधारभूत संविधान कार्यान्वयन गर्ने कानुन बनाउन नसक्नु दुःखको विषय भएको उल्लेख गरे। संविधान कार्यान्वयन नगर्ने अनि प्रणालीलाई दोष दिएर उम्किने काम गर्न नहुनेमा उनले जोड दिए।
51
Shares

प्रतिक्रिया