नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट अवकास पाएका नेताहरूलाई पहिलोपटक भूगोलमा खटाएको छ।
३२ वर्षे उमेर हद लागेपछि विद्यार्थी राजनीति गर्न वञ्चित भएका नेतालाई हालै बसेको पदाधिकारी बैठकले प्रदेशमा खटाउने निर्णय गरेको हो।
अनेरास्ववियू क्रान्तिकारीमा रहँदा उनीहरू उपाध्यक्ष, महासचिव र सचिवबाट बिदा भएका थिए।
निवर्तमान अध्यक्ष पञ्चा सिंहलाई पार्टीले क्रान्तिकारीको सह-इन्चार्जको जिम्मेवारी दिएको छ।
पार्टी महासचिव देव गुरूङले तल्लो तहमा पठाएको परिपत्र अनुसार केन्द्रीय प्रतिनिधि रहेका गणेशप्रसाद मैनाली (जीपी) मैनालीलाई बागमती प्रदेश, तुकमान महरा–लुम्बिनी प्रदेश, मिलन एमसीलाई लुम्बिनीप्रदेश, क.लक्ष्मीप्रसाद जोशी– सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको छ।
यस्तै, नरेश रेग्मीलाई विभाग (नीति), प्रविणा अधिकारीलाई गण्डकी प्रदेश, गजेन्द्रप्रसाद देवलाई मधेस प्रदेश, मदन भुललाई सुदूरपश्चिम प्रदेश र मदन भट्टराईलाई कोशी प्रदेशको जिम्मेवारी दिएको गुरूङले पठाएको परिपत्रमा उल्लेख छ।
यसैगरी सूर्यनारायण साहलाई मधेस प्रदेश, पवन कार्कीलाई बागमती प्रदेश, क्षितिज सापकोटालाई बागमती प्रदेश, नारायण खनाललाई विभाग (नीति), अम्मराज शाहीलाई कर्णाली प्रदेश, अच्युत भट्टलाई सुदूरपश्चिम प्रदेश, केशव रावल र दिपेश पुनलाई लुम्बिनी प्रदेशमा जिम्मा दिएको छ।
विद्यार्थी राजनीति गरिरहेका उनीहरूलाई पहिलो पटक पार्टी भूगोलको जिम्मेवारी दिइएको हो। अनेरास्ववियूको ३२ वर्षे उमेर लगाउनुपर्ने पक्षकाले उनीहरूलाई काका समूह नामाकरण गरिदिएका थिए।
Shares

प्रतिक्रिया