चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन मिति तोकिएको छ। सत्तारुढ नेपाली कांग्रेसले स्ववियु निर्वाचनका लागि विद्यार्थी नेताहरूसँग छलफल थालिसकेको छ।
कांग्रेसले काठमाडौँ उपत्यकाका क्याम्पसमा कांग्रेसबाट निर्वाचित सभापति र सचिवलगायतलाई बोलाएर स्ववियुको निर्वाचनबाट छलफल सुरु गरेको हो।
कांग्रेसले नेविसंघ महाधिवेशन समन्वय र सहजीकरणका लागि निर्देशक समिति गठन गरेको छ। निर्देशक समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठोर छन्। समितिको सदस्यमा प्रतिमा गौतम र राजीव ढुंगाना छन्।
'स्ववियु चुनावको अवस्था, क्याम्पसहरूमा नेविसंघको पोजसज के छ भनेर छलफल गरियो,' उनले नेपालखबरसँग भनिन्, 'जित हार फरक ठाउँमा राखेर विद्यार्थीको हकहितका लागि स्थापना भएको यस्तो संस्थाको चुनाव गराउनै पर्छ भनेर चुनावको वातावरण तयार गर्न निर्देशन दिइयो।'
त्रिभुवन विश्वविद्यालय, आर्युवेदिक, पद्मा कन्या, शंकरदेव, पब्लिक युथलगायत क्याम्पसमा नेविसंघले नेतृत्व हात पारेको थियो। उनले आज पनि निर्देशक समितिको बैठक बस्ने बताइन्।
Shares

प्रतिक्रिया