कला


‘लाज शरणम्’को प्रमोसन गर्न ६ वर्षपछि ‘मेरि बास्सै’ सेटमा पुगे धुर्मुस

‘लाज शरणम्’को प्रमोसन गर्न ६ वर्षपछि ‘मेरि बास्सै’ सेटमा पुगे धुर्मुस

नेपालखबर
फागुन १, २०८१ बिहिबार १३:९, काठमाडौँ

कलाकार सीताराम कट्टेल (धुर्मुस) चर्चित हास्य श्रृंखला ‘मेरि बास्सै’ मा फर्किएका छन्। आफू अभिनीत फिल्म ‘लाज शरणम्’ को प्रमोसनका लागि उनी ६ वर्षपछि ‘मेरि बास्सै’ को सेटमा पुगेका हुन्।

कट्टेल ‘मेरि बास्सै’ बाटै उदाएका कलाकार हुन्। यसै टेलिसिरियलबाट उनी धुर्मुस क्यारेक्टरबाट चिनिएका हुन्। सीताराम आगामी साताको एपिसोडमा देखिनेछन्। 

आफू ६ वर्षपछि ‘मेरि बास्सै’ मा देखिन लागेको धुर्मुस स्वयमले जानकारी दिएका हुन्। सुटिङको तस्विरहरु राख्दै उनले खुसी व्यक्त गरेका छन्। तस्विरमा उनलाई धुर्मुसकै लुकमा देख्न सकिन्छ। 

फागुन १४ गतेबाट रिलिज हुने ‘लाज शरणम्’ मा सीताराम मुख्य भूमिकामा छन्। केही समयअघि सार्वजनिक भएको उनको लुकले निकै चर्चा पाइरहेको छ। 

चर्चित टेलिसिरियल सक्किगोनी टिमले बनाएको यस फिल्ममा कुमार कट्टेल (जिग्री ब्रो) को लेखन र निर्देशन रहेको छ। 

यस फिल्ममा सीताराम, कुमारसहित अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad