पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।
मंगलबारको राष्ट्रियसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले 'पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रश्तावलाई सर्वसहमतिले स्वीकृत भइ समितिमा पठाइएको हो।
बैठकमा सरकारको तर्फबाट मन्त्री दाहालले 'लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को पैंसठिऔं वार्षिक प्रतिवेदन' सभासमक्ष पेस गरे।
राष्ट्रियसभाको अर्को बैठक फागुन ११ गते आइतबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ।
15
Shares

प्रतिक्रिया