राजनीति


प्रधानमन्त्री ओली पोखरा जाँदै

प्रधानमन्त्री ओली पोखरा जाँदै

नेपालखबर
फागुन ८, २०८१ बिहिबार १०:३५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्।

पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहका लागि उनी त्यहाँ जान लागेका हुन्। प्रधानमन्त्री विश्वविद्यालयका पदेन कुलपति हुन्छन्।

पोखरा महानगरपालिका–३०, ढुंगेपाटनमा उक्त कार्यक्रम हुँदै छ।

यस क्रममा उनले सडकलगायत केही विकास आयोजनाको प्रगतिबारे पनि जानकारी लिनेछन्।

बिहान ११ बजे बालुवाटारबाटै हेलिकोप्टरमा पोखरा जाने कार्यक्रम रहेको र उनको सवारीले सडक यातायातमा कुनै प्रभाव नपर्ने ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad