राजनीति


एमाले सचिवालय बैठक जारी, यस्ता छन् छलफलका एजेन्डा

एमाले सचिवालय बैठक जारी, यस्ता छन् छलफलका एजेन्डा

नेपालखबर
चैत ४, २०८१ सोमबार १४:३२, काठमाडौँ

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो। 

आजको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्न लागेका हुन्।  

त्यस्तै बैठकमा समसामियक राजनीतिक परिस्थितको विषयमा विश्लेषणसहित छलफल हुने नेताहरूले बताएका छन्।  ओलीले आगामी रणनीति के हुने भन्नेबारे नेताहरूसँग छलफल गर्न बैठक बोलाएको बताइएको छ। 

फागुन २५ गते पूर्वाराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा उनका समर्थकले गरेको प्रदर्शनपछि गणतन्त्रवादी दलहरूले त्यसको प्रतिवाद गर्दै आइरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad