थापाथली इन्जिनियरिङ क्याम्पसको अध्यक्षमा नेविसंघ प्रह्राद खड्का विजयी भएका छन्।
विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थापाथली क्याम्पसमा मंगलबार साँझ सम्पन्न मतगणना अनुसार मिश्रित परिणाम आएको छ।
सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय निर्वाचित भएका छन्।
कोषाध्यक्षमा नेविसंघका ऋषिकेश प्रजापति निर्वाचित भएको क्याम्पसले जनाएको छ।
२०७९ को निर्वाचनमा पनि नेविसंघका उम्मेदवार र अध्यक्षमा विजयी भएका थिए।
180
Shares

प्रतिक्रिया